धनगढी- कैलालीका पत्रकार वीरेन्द्रबहादुर रावल सम्मानित हुनु भएको छ । प्राकृतिक स्रोत व्यवस्थापनमा स्थानीय समुदायको अधिकार स्थापित गराउन सञ्चारमाध्यमबाट महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै उहाँलाई सामुदायिक वन उपभोक्ता महासंघले सम्मान गरेको हो ।
सामुदायिक वन उपभोक्ता महासंघ नेपालको साताव्यापी स्थापना दिवस तथा विश्व वातावरण दिवस अर्थात् जुन ५ को अवसरमा भर्चुअल सम्मेलनको माध्यमबाट उहाँ सम्मानित हुनु भएको हो ।
कोराना कहरले भेलाको आयोजना गर्न नसकेकाले भर्चुअल विधिबाट आयोजना गरिएको साताव्यापी महासंघको स्थापना दिवसको समापन र विश्व वातावरण दिवसको अवसरमा वातावरण संरक्षण अभियान्ता एवंं धनगढीबाट प्रकाशित हुने युगअस्त्र दैनिकका प्रकाशक/सम्पादक रावललाई प्रमुख अतिथि राष्ट्रियसभा सदस्य डा. बिमला राई पौडेलले सम्मान गर्नुभयो ।
२०५४ सालदेखि धनगढीबाट नियमित वन वातावरणको क्षेत्रमा कलम चलाएवाफत रावललाई सो पुरस्कार प्रदान गरिएको महासंघका केन्द्रीय अध्यक्ष भारती पाठकले बताउनुभयो ।
प्रतिक्रिया