अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राजेन्द्र महतोको अभिव्यक्ति भौगोलिक अखण्डता र राष्ट्रियहित प्रतिकूल : गोकर्ण विष्ट

राजेन्द्र महतोको अभिव्यक्ति भौगोलिक अखण्डता र राष्ट्रियहित प्रतिकूल : गोकर्ण विष्ट


काठमाडौं- नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकर्ण विष्टले नवनियुक्त उपप्रधानमन्त्री राजेन्द्र महतोको अभिव्यक्ति अराजक र संविधान विरोधी भएको बताउनुभएको छ ।

उहाँले राज्यको जिम्मेवार पदमा बसेको व्यक्तिबाट भौगोलिक अखण्डता र राष्ट्रिय हित प्रतिकूल अभिव्यक्ति आउनु दुर्भाग्यपूर्ण रहेकोसमेत बताउनभएको छ ।

‘उपप्रधानमन्त्री राजेन्द्र महतोले ‘बहुल राष्ट्रिय राज्यको स्थापनाको लागि राष्ट्रिय मुक्ति आन्दोलनको तयारी गर्ने’ भनी दिएको अभिव्यक्ति भौगोलिक अखण्डता र राष्ट्रिय हित प्रतिकूल छ,’ विष्टले फेसबुकमा लेख्नुभएको छ, ‘जिम्मेवार पदमा रहेका व्यक्तिबाट यसप्रकारको अराजक र संविधान विरोधी अभिव्यक्ति आउनु दुर्भाग्यपूर्ण छ ।’

शुक्रबार उपप्रधान तथा शहरी विकासमन्त्रीमा नियुक्त हुनुभएका महतोले पदभार ग्रहणलगत्तै बहुराष्ट्र र बहुराज्य सञ्चालन गर्ने मुक्ति आन्दोलन जारी रहेको अभिव्यक्ति दिनुभएको थियो । उहाँको सो अभिव्यक्तिको अहिले चौतर्फी विरोध भइरहेको छ ।