अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रम ओलीको दृढ संकल्पलाई सदैव साथ/सहयोग रहन्छ : पार्वत गुरुङ

प्रम ओलीको दृढ संकल्पलाई सदैव साथ/सहयोग रहन्छ : पार्वत गुरुङ


काठमाडौं- निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले आफू जुनसुकै भूमिकामा रहे पनि समृद्ध नेपाल निर्माणको यात्रामा अविचलित रूपमा लागिरहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

मन्त्रिमण्डल हेरफेर भएको भोलिपल्ट आज नेकपा एमालेका केन्द्रीय सदस्य गुरुङले मुलुकको विकसित राजनीतिक घटनाक्रमलाई सही विश्लेषण गरी प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रिपरिषद् पुनर्गठन गर्नुभएकोमा स्वागत गर्दै नवनियुक्त मन्त्रीहरूलाई बधाई र कार्यकाल सफलताको कामना गर्नुभएको छ । उहाँले प्रधानमन्त्री ओलीको दृढ राजनीतिक सङ्कल्पलाई सदैव साथ, सहयोग गरिरहने प्रण व्यक्त गर्नुभयो ।

उहाँले निवर्तमान सञ्चारमन्त्री तथा सरकारको प्रवक्ता एवं त्यसअघि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारीमा रहँदा ‘समृद्ध नेपालः सुखी नेपाली’को राष्ट्रिय सङ्कल्प पूरा गर्न कुनै कसर बाँकी नराखी परिणाममुखी कामका लागि समर्पित भएको र आफ्नो क्षमताले भ्याएसम्म इमान्दार प्रयास गरेको उल्लेख गर्नुभयो ।

कोभिड–१९ महामारीका कारण यो पुस्ताकै सबैभन्दा भयावह मानवीय सङ्कटको सामना गरिएका बेला सरकार परिवर्तनको खेल र अविश्वासको प्रस्तावजस्ता अस्थिर गतिविधिका कारण सरकारका दिनचर्या अनिश्चिय गुज्रिए पनि कुनै पनि दिन मन्त्रालयको अन्तिम दिन हुन सक्छ भन्ने सोचेरै काम गरेको स्पष्ट पनि गर्नुभएको छ ।

उहाँले आफूले प्रधानमन्त्री ओलीसँग जोडेर गलत र भ्रमपूर्ण सन्देशहरू प्रवाह हुन नदिन सचेततापूर्वक कार्य सम्पादन गरेको बताउँदै परिणामस्वरुप १९ महिने कार्यकालमा कुनै पनि पक्षले नकारात्मक आलोचना गर्ने मौकाको अवसर लिन नसकेको जनाउँदै दोलखाबासी जनता, शुभचिन्तक, समर्थक र आफन्तले शीर झुकाउनु र पश्चाताप गर्नु नपरेको भन्नुभएको छ । उहाँले नयाँ मन्त्रीहरूलाई बधाई दिँदै कार्यकाल सफलताको कामना पनि गर्नुभएको छ ।