अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

उपप्रधानमन्त्री महतोबाट संविधान विरोधी अभिव्यक्ति आउनु दुर्भाग्यपूर्ण : यामलाल कँडेल

उपप्रधानमन्त्री महतोबाट संविधान विरोधी अभिव्यक्ति आउनु दुर्भाग्यपूर्ण : यामलाल कँडेल


काठमाडौं- नवनियुक्त उपप्रधानमन्त्री राजेन्द्र महतोको अभिव्यक्तिप्रति नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलका नेता यामलाल कँडेलले विरोध जनाउनुभएको छ ।

नेता कँडेलले महतोले ‘बहुल राष्ट्रिय राज्यको स्थापनाको लागि राष्ट्रिय मुक्ति आन्दोलनको तयारी गर्ने’भनेर दिनुभएको अभिव्यक्ति भौगोलिक अखण्डता र राष्ट्रिय हित प्रतिकूल भएको बताउनुभएको हो ।

‘जिम्मेवार पदमा रहेका व्यक्तिबाट यसप्रकारको अराजक र संविधान विरोधी अभिव्यक्ति आउनु दुर्भाग्यपूर्ण छ,’ नेता कँडेलले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ ।