अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

महतोले आफ्नो भनाइ सच्याउनुभयो (विज्ञप्तिसहित)

महतोले आफ्नो भनाइ सच्याउनुभयो (विज्ञप्तिसहित)


काठमाडौं- जनता समाजवादी पार्टी (जसपा)का वरिष्ठ नेता तथा उपप्रधान तथा सहरी विकासमन्त्री राजेन्द्र महतोले आफ्नो विवादास्पद र आपत्तिजनक अभिव्यक्ति सच्याउनुभएको छ ।

महतोले दिएको बहुल राष्ट्रिय राज्य बनाउन लागिपर्ने भन्ने आपत्तिजनक अभिव्यक्तिको चौतर्फी आलोचना भएपछि शनिबार राति विज्ञप्ति निकाल्दै उहाँले आफ्नो भनाईको आसय बंग्याएर मिडियामा आएको बताउनुभएको छ ।

उपप्रधानमन्त्री महतोले आफू राष्ट्रिय एकता, अखण्डता र राष्ट्रिय एकताप्रति प्रतिबद्ध रहेको बताउनुभएको छ । महतोले राष्ट्रिय एकता, अखण्डता र राष्ट्रिय एकताप्रति आफू पूर्ण प्रतिबद्ध रहेको उल्लेख गर्दै यसबारेमा कसैलाई पनि भ्रम नहोस् भनि स्पष्ट पार्नुभएको छ ।