अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संवैधानिक इजलास पुनर्गठनः को–को भए ?

संवैधानिक इजलास पुनर्गठनः को–को भए ?


 

 

काठमाडौं– प्रतिनिधिसभा विघटन र संविधानको धारा ७६ (५) बमोजिम सरकार गठनका सन्दर्भमा परेका अलग अलग रिटहरुमाथिको सनुवाइका लागि संवैधानिक इजलास पुनर्गठन भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको अध्यक्षताको इजलासमा अब बरिष्ठताका आधारमा न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराई रहनुभएको छ ।

यसअघि गठित इजलासका दुई न्यायाधीशमाथि विपक्षी गठबन्धका वकिलले प्रश्न उठाएपछि विवाद भएको थियो । इजलासमा रहेका दुई न्यायाधीश दिपक कार्की र आनन्दमोहन भट्टराईले इजलास छाडेर हिडेपछि प्रधान न्यायाधीशले इजलास पुनर्गठन गर्नुभएको हो ।