अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कार्यकर्तालाई सीके राउतको निर्देशन : निर्वाचनको तयारीमा लाग्नुहोस्

कार्यकर्तालाई सीके राउतको निर्देशन : निर्वाचनको तयारीमा लाग्नुहोस्


काठमाडौं- जनमत पार्टीका अध्यक्ष सीके राउतले कात्तिक २६ र मंसिर ३ गते हुने प्रतिनिधिसभाको निर्वाचनको तयारीमा जुट्न नेता/कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।

आज विज्ञप्तिमार्फत् उहाँले सुरक्षित तरिकाले निर्वाचनलक्षित घरदैलो, प्रचारप्रसार जस्ता कार्यक्रमलाई निरन्तरता दिन दिर्नेशन दिनुभएको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘पार्टीको विजय नै हाम्रो विजय हो भन्ने भावना आत्मसात् गरी निर्वाचनको तयारीमा लाग्न सम्पूर्ण नेता तथा कार्यकर्ताहरूमा अनुरोध छ ।’

जेठ २२ मा बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले निर्वाचनको तयारीमा जाने निर्णय भएको अध्यक्ष राउतले उल्लेख गर्नु भएको छ ।