अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

केही बेरपछि सुनुवाइ सुरु हुन्छ : प्रधानन्यायाधीश राणा

केही बेरपछि सुनुवाइ सुरु हुन्छ : प्रधानन्यायाधीश राणा


काठमाडौं- प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले प्रतिनिधिसभा विघटनसम्बन्धी सुनुवाइ केही बेरपछि सुरु हुने बताउनुभएको छ ।

प्रधानन्यायाधीश राणाको अध्यक्षतामा वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की र न्यायाधीश मीरा खड्का, ईश्वरप्रसाद खतिवडा तथा डा आनन्दमोहन भट्टराईको इजलास आज गठन भए पनि इजलास गठनको विषयलाई लिएर विवाद हुँदा उक्त विषयमा केन्द्रित भएर सुनुवाइ सुरु हुन सकेको छैन ।

‘कुनै पनि न्यायाधीशले मुद्दा हेर्न मिल्दैन भनेर दाबी गर्नु कसूर हो, त्यसैले निवेदन दिनेलाई सम्झाउनु मेरो कर्तव्य हो,’ प्रधानन्यायाधीशले भन्नुभयो, “यसमा न्याय प्रशासन ऐनको दफा ३७ अनुसार कसूर ठहर सक्छ ।’ अधिवक्ता राजाराम घिमिरे, यज्ञमणि न्यौपाने, दीपक मिश्र र कृष्णप्रसाद भण्डारीले इजलासमा हाल रहेकासहित ११ न्यायाधीशले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा हेर्न नमिल्ने उल्लेख गर्दै निवेदन पेश गरेका छन् ।

प्रधानन्यायाधीश राणाले को न्यायाधीश संवैधानिक इजलासमा बस्न मिल्ने को बस्न नमिल्ने भनी चार अधिवक्ताले पेश गरेको निवेदन अदालतको अवहेलनासम्बन्धी कसूर आकर्षित हुने खालको रहेको बताउनुभएको छ ।

संवैधानिक इजलासमा बहस गर्ने क्रममा महान्यायाधिवक्ता रमेश बडाल र पूर्वमहान्यायाधिवक्ता अग्निप्रसाद खरेलले संवैधानिक इजलास गठनप्रति आपत्ति जनाउनुभएको छ ।