सुर्खेत- कर्णाली सरकारमा सहभागी दुई मन्त्रीले आज पद तथा गोपनियताको सपथ ग्रहण गर्नु भएको छ ।
कांग्रेस सरकारमा सामेल भएसँगै दुई सांसदले आज मन्त्रीको सपथ ग्रहण गर्नु भएको हो । दिनबन्धु श्रेष्ठ र यज्ञ विसीले पद तथा गोपनियताको सपथ ग्रहण गर्नु भएको हो ।
मन्त्रीद्वयलाई प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनिले सपथ खुवाउनुभयो । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सामाजिक विकास मन्त्रीमा यज्ञबहादुर बीसी र जलस्रोत तथा उर्जा विकास मन्त्रीमा दीनबन्धु श्रेष्ठलाई नियुक्त गर्नु भएको हो ।
मन्त्रीद्धयले सपथ खाएसँगै कर्णाली सरकारले पूर्णता पाएको छ । अब कर्णालीमा मन्त्रालयको संख्या आठ पुगेको छ ।







प्रतिक्रिया