अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

असार १ गतेदेखि मेलम्चीको सुरुङ सफा गरिँदै, नदी क्षेत्रमा सावधानी अपनाउन आग्रह

असार १ गतेदेखि मेलम्चीको सुरुङ सफा गरिँदै, नदी क्षेत्रमा सावधानी अपनाउन आग्रह


काठमाडौं- मेलम्ची खानेपानीको सुरुङको परीक्षण सफाइ असार १ गतेदेखि गरिने भएको छ । मेलम्ची खानेपानी विकास समितिले आज एक सूचना जारी गर्दै उक्त कुराको जानकारी गराएको हो ।

सुरुङ खाली गर्ने क्रममा बागमती नदी, मेलम्ची नदी, सिन्धु खोला, र ग्याल्थुम खोलामा नियन्त्रित रूपमा पानी छाडिने भएकोले खोला वरपर रहेको सबैले सावधानी अपनाउन समितिले अपील गरेको छ ।

पानी छोड्दा पानीको बहाब बढ्ने हुँदा सो क्षेत्रमा जाँदा विशेष सावधानी अपनाउन सर्वसाधारण सवैलाई अनुरोध गरिएको सूचनामा उल्लेख छ ।

करिब दुई हप्तामा सुरुङ खाली हुने र त्यस पछि सुरुङ निरीक्षण र सुधारको काम गरिने भएको छ । मेलम्ची नदीमा पुरानै अवस्थामा पानी बहने भएकोले नदीको पानीमा आधारित पेशा व्यावसाय सञ्चालन गर्ने सबैलाई आवश्यक सावधानी अपनाउन समितिले अनुरोध गरेको छ ।