काठमाडौं -प्रधानसेनापति पुर्णचन्द्र थापाले जिम्मेवारी सम्हालेको १ हजार दिनका अवसरमा जंगी अडामा आज बिशेष कार्यक्रम भएको छ ।
सो अवसरमा प्रधानसेनापति थापाले १ हजार दिनका पहल कदमीहरु शिर्षकको पुस्तक तथा सिपाही पाक्षिक पत्रिकाको विमोचन गर्नुभएको छ । यसैगरी सेनाका सम्पूर्ण यूनिटहरुलाई प्रत्यक्ष प्रशारण मार्फत सम्बोधन पनि गर्नुभएको छ ।
थापाले जंगी अडामा पृथ्वी नारायण शाहको पूर्ण कदको सालिकको अनावरण समेत गनुृभएको छ ।
बलाधिकृत रथी प्रभुराम शर्माले उद्घोषण गरेको कार्यक्रममा सेना कमाण्डका १ हजार दिन नामक डकुमेन्ट्री प्रदर्शन गरिएको थियो । यसैगरी प्रधानसेनापति थापाले सेनाको नयाँ झण्डाको झण्डोतलन पनि गर्नुभएको थियो ।






प्रतिक्रिया