अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कार्यदलका सदस्यलाई नेम्वाङको फोन- ‘ल है तपाईंहरुको भावनाको सम्बोधन भएको छ’

कार्यदलका सदस्यलाई नेम्वाङको फोन- ‘ल है तपाईंहरुको भावनाको सम्बोधन भएको छ’


काठमाडौं- एमाले पार्टी एकताका लागि गठित कार्यदलका संयोजक सुवासचन्द्र नेम्वाङले अब पार्टी एकता टुंगोमा पुगेको बताउनुभएको छ ।

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष ओलीले अहिले साँझ ९ बजे आफू पार्टीका कमरेडहरुको भावना अनुसार जेठ २ मा मा फर्कन तयार रहेको अपिल जारी गरेपछि माधव पक्षले उठाएका मागको सम्बोधन भएको संस्थापन पक्षको कार्यदलका संयोजक सुवासचन्द्र नेम्वाङले बताउनुभएको छ । ‘यति प्रष्टससँग लेखिएको छ । अब यताका उताका होइन पार्टीका कमरेडहरुले उठाएका माग पुरा भएका छन्,’ नेम्वाङले नेपली बहस डट कमसँग भन्नुभयो, ‘कार्यदलको निरन्तरको प्रयासले यो सफल भएको छ ।’

नेम्वाङले कार्यदलमा रहेका सुरेन्द्र पाण्डे, घनश्याम भूसाल, गोर्कण विष्टसहित नेता योगेश भट्टराईलाई फोन गरेर पार्टी एकताका लागि उठाइएका सबै माग पूरा भएको जानकारी दिनुभएको छ । ‘मैले उहाँहरु सबैलाई टेलिफोन गरेर ल है तपाईंहरुको भावनाको सम्बोधन भयो भनेको छु,’ नेम्वाङले भन्नुभयो ।