अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पार्टी एकताका लागि प्रधानमन्त्रीको अपिल सकारात्मक : योगेश

पार्टी एकताका लागि प्रधानमन्त्रीको अपिल सकारात्मक : योगेश


काठमाडौं- नेकपा एमालेका नेता योगेश भट्टराईले प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि गरेको अपिल सकारात्मक भएको बताउनुभएको छ । उहाँले अपिलमार्फत पार्टी एकतालाई निश्कर्षमा पुर्‍याउनुपर्ने बताउनुभएको छ ।

उहाँले लेख्नुभएको छ-

नेकपा एमालेका अध्यक्ष कमरेड केपी शर्मा ओलीले नेकपा एमालेको एकताका लागि आज सार्वजनिक बक्तब्य मार्फत गर्नु भएको आह्वन मुलत: सकारात्मक छ । कार्यदल स्तरको छलफललाई यो बक्तब्यले पुन: निरन्तरता दिन बाटो खुलेको छ । पार्टीका जिम्मेवार नेता कमरेडहरु सम्मिलित कार्यदलले स्पष्ट गर्नुपर्ने र मिलाउनु पर्ने थप बिषयहरुलाई समाधान गर्ने छ । सर्वोच्चमा विचाराधिन बिषयमा सबै सम्भावनालाई ख्याल गर्दै र मुलत संविधानको रक्षा, लोकतान्त्रिक प्रकृयाको निरन्तरता र पार्टी एकताको खातिर एउटा तार्किक निश्कर्षमा पुग्नु उपयुक्त हुनेछ । सारमा अध्यक्षको बक्तब्यले पार्टीको शीर्ष नेतृत्वका बीचमा सार्थक संवाद हुनेछ र नेकपा एमालेको एकतालाई अक्षुण राख्न मद्धत पुग्ने अपेक्षा गर्दछु । हजार माइलको यात्रा पहिलो पाइलाबाट नै सुरु हुन्छ ।