अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अब एमालेमा नबस्नेलाई सातुचामल दिएर बिदा : बाँस्कोटा

अब एमालेमा नबस्नेलाई सातुचामल दिएर बिदा : बाँस्कोटा


काठमाडौं -नेकपा एमालेका नेता एवं पूर्वमन्त्री गोकुल बाँस्कोटाले अब एमालेमा बस्नेलाई श्रीसम्पति र जानेलाई सातुचामल र बाटो खर्च दिएर विदा गर्नुपर्ने बताउनुभएको छ ।

पार्टी एकताका लागि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि अपिल जारी गरेपछि बाँस्कोटाले सामाजिक सञ्जालमा लेख्दै यस्तो बताउनुभएको हो । राष्ट्रकवि माधव घिमिरेको गौरी खण्डकाव्यको स्मरण गर्दै बाँस्कोटाले लेख्नुभएको छ ‘आफ्नै हुन माया लाग्छ ।’

बाँस्कोटाले लेख्नुभएको छ ‘अब के भने नि बस्नेलाई श्रीसम्पती जिम्मा जानेलाई दुईतीन मुठी सातुको बाटो खर्च साथ बिदा । आफ्नै हुन माया लाग्छ । राष्ट्रकवि माधव घिमिरेको गौरी ।’