अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बूढानीलकण्ठमा भोलिदेखि कोरोना खोप लगाइने

बूढानीलकण्ठमा भोलिदेखि कोरोना खोप लगाइने


काठमाडौं- बूढानीलकण्ठ नगरपालिकाले कोभिड-१९ विरुद्धको चाइनिज भेरोसेल खोप यही जेठ २५ गतेदेखि उपलब्ध गराउने भएको छ ।

साठीदेखि ६४ वर्ष उमेर समूहलाई तीन दिनसम्म बिहान ११ देखि अपराह्न ४ बजेसम्म पहिलो मात्राको खोप उपलब्ध गराइने छ ।

नगरवासी र वरपरका बासिन्दालाई पनि सो खोप उपलब्ध गराइने प्रवक्ता तथा वडा नं १० का वडाध्यक्ष नवराज भट्टराईले जानकारी दिनुभयो ।

ती खोप गणेश मावि वडा नं २, गणेशचोक, र नेशनल आइडियल बोर्डिङ स्कूल, वडा नं ९, मण्डिखाटार र बालउद्धार मावि वडा नं १०, कपनबेखबाट उपलब्ध गराइने जनाइएको छ ।