अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोरोनाबाट मुटु रोग विशेषज्ञ सुवेदीको निधन

कोरोनाबाट मुटु रोग विशेषज्ञ सुवेदीको निधन


काठमाडौं- मुटु रोग विशेषज्ञ डा. विकास सुवेदीको कोरोना भाइरस (कोभिड-१९) संक्रमणका कारण निधन भएको छ ।

काठमाडौंस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय कार्डियाक अस्पतालका संस्थापकसमेत रहनुभएका ४२ वर्षीय सुवेदीको आइतबार राति ह्याम्स अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

सुवेदीलाई बिरामीको उपचारकै क्रममा २५ दिनअघि कोरोना पुष्टि भएको थियो । संक्रमण देखिएसँगै गौतम बुद्ध अन्तर्राष्ट्रिय कार्डियाक अस्पतालमा १० दिनसम्म उहाँको उपचार गरिएको थियो ।

तर, स्वास्थ्यमा सुधार नआएपछि डा. सुवेदीलाई थप उपचारका लागि ह्याम्स अस्पताल भर्ना गरिएको थियो ।