अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्रीद्वारा दमकका दुई विद्यालयको शिलान्यास

प्रधानमन्त्रीद्वारा दमकका दुई विद्यालयको शिलान्यास


दमक– प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमकका २ वटा सामुदायिक विद्यालयहरुको भर्चुअल रुपमा सोमबार शिलान्यास गरेका छन् ।

प्रधानमन्त्री ओलीले दमकस्थित हिमालय मावि र ढुकुरपानी माविको सुविधा सम्पन्न भवनको भर्चुअल शिलान्यास गर्नुभएको हो ।

दमक नगरपालिकामार्फत खर्च हुने गरी दुई वटा विद्यालयलाई प्रधानमन्त्री ओलीको निर्देशन अनुसार ११ करोड बजेट उपलब्ध भएको छ ।

प्रधानमन्त्री ओलीले मौखिक रुपमा शिलन्यासको घोषणा गरेपछि हिमालय माविमा दमक नगरपालिका प्रमुख रोमनाथ ओली र ढुकुरपानी माविमा दमक नगरपालिका उपप्रमुख गीता अधिकारीले इँटा लगाएर भौतिक शिलन्यास गरेका थिए ।

प्रधानमन्त्री ओलीले आफूलाई आफ्नो निर्वाचन क्षेत्रमा आउन लागि इच्छुक रहेको भएपनि वर्तमान अवस्थाका कारण आउन नसकिरहेको बताउनुभयो ।