अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देउवा, प्रचण्ड र नेपालबीच छलफल

देउवा, प्रचण्ड र नेपालबीच छलफल


काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र र नेकपा एमालेका नेता माधवकुमार नेपालसँग छलफल गर्नुभएको छ । सभापति देउवालाई भेट्न अध्यक्ष प्रचण्ड उहाँकै निवास बूढानीलकण्ठ पुग्नुभएको थियो ।

भेटमा सुदूरपश्चिम प्रदेशको सरकार गठनबारे छलफलका साथै समसामयिक राजनीतिबारे पनि कुराकानी भएको देउवाको सचिवालयले जनाएको छ ।

देउवालाई भेट्नुअघि प्रचण्डले नेकपा एमालेका नेता नेपालसँग छलफल गर्नुभएको थियो । नेता नेपालकै निवास कोटेश्वर पुगेर अध्यक्ष प्रचण्डले नेता नेपालसँग पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्नुभएको हो ।

नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव समूह, एमालेको खनाल-नेपाल समूह र राष्ट्रिय जनमोर्चाको पाँच दलीय संयुक्त गठबन्धनले कांग्रेस सभापति देउवालाई प्रधानमन्त्रीको रूपमा अघि सारेका छन् ।