अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भुलभुले केन्द्रविन्दु भएर साना भूकम्प जाने क्रम जारी

भुलभुले केन्द्रविन्दु भएर साना भूकम्प जाने क्रम जारी


काठमाडौं- लमजुङको भुलभुले केन्द्रविन्दु भएर गएको भूकम्पपछि नेपालमा साना भूकम्प जाने क्रम जारी रहेको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार यही जेठ ५ गते बिहान भुलभुले केन्द्रविन्दु भएर गएको ५.८ रेक्टरस्केलको भूकम्पपछि नेपालमा साना भूकम्प जाने क्रम जारी रहेको छ ।

केन्द्रका भूकम्पविद् भरत कोइरालाले लमजुङको भुलभुले केन्द्रविन्दु भएर गएको भूकम्पपछि नेपालमा चार रेक्टर स्केलभन्दा ठूलो पाँच पटक भूकम्प गएको बताउनुभयो । ‘नेपाल भूकम्पीय दृष्टिकोणले जोखिम क्षेत्र रहेकाले नेपालमा जुनसुकै समयमा पनि भूकम्प जान सक्छ,’ कोइरालाले भन्नुभयो । भुलभुले केन्द्रविन्दु भएर गएको भूकम्पमा छ जना घाइते हुनाका साथै २०० भन्दा धेरै घरमा क्षति पुगेको थियो ।

विसं २०७२ वैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु भएर भूकम्प गएपछि उक्त भूकम्पलाई सम्झाउने गरी जेठ ५ गते भूलभूले केन्द्रविन्दु भएर भूकम्प गएको थियो । भुलभुलेको भूकम्प गोरखा भूकम्पको पराकम्प हो वा नयाँ भूकम्प हो भन्ने बारेमा अनुसन्धान भइरहेको सो केन्द्रले जनाएको छ ।

गोरखा भूकम्पपछि नेपालमा चार रेक्टरस्केलभन्दा ठूला ५५८ भूकम्प गइसकेको भूकम्पविद् कोइरालाले बताउनुभयो ।