काठमाडौं- नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले सम्पत्ति विवरण सार्वजनिक गर्नु भएको छ ।
आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उहाँले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नु भएको हो ।
मन्त्री तामाङले आफ्नो सम्पत्ति विवरण सबै सञ्चारमाध्यममा उपलब्ध गराउने र सरकारी वेबसाइटमा राख्ने बताउनुभयो ।
‘जोसुकै होस् सार्वजनिक पद धारण गरेको व्यक्तिले सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्छ,’ उहाँले भन्नुभयो ।







प्रतिक्रिया