काठमाडौं- नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले आफ्नो प्रमुख प्राथमिकता कोरोना महामारीबाट नागरिक जोगाउनु रहेको बताउनुभएको छ ।
आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री तामाङले नागरिकको जीवन रक्षा गर्ने प्राथमिकताका साथ मन्त्रालयको जिम्मेवारी सम्हालेको बताउनुभयो । उहाँले कोरोना महामारीबाट बच्न मुख्य प्राथमिकता खोप व्यवस्थापनमा दिएको बताउनुभयो ।
मन्त्री तामाङले कोरोना परीक्षण दर पनि बढाउने बताउनुभयो । साथै, मन्त्री तामाङले सम्पत्ति विवरण सार्वजनिक गर्नु भएको छ ।
उहाँले आफ्नो सम्पत्ति विवरण सबै सञ्चारमाध्यममा उपलब्ध गराउने र सरकारी वेबसाइटमा राख्ने बताउनुभयो ।
प्रतिक्रिया