सुनसरी- नेपाल पत्रकार महासंघ सुनसरी शाखाले लेखनवृत्तिका लागि प्रस्ताव पेस गर्न पत्रकारलाई आग्रह गरेको छ ।
शाखाले आज एक सूचना जारी गर्दै बराहा नगरपालिकासँगको सहकार्यमा लेखनवृत्ति परियोजना सञ्चालन गर्न लागेको हुना प्रस्ताव पेस गर्न पत्रकारलाई आग्रह गरेको हो ।
बराहा नगरपालिकालाई कार्यक्षेत्र बनाएर पत्रकारिता गर्ने व्यक्तिले मात्र प्रस्ताव गर्न पाउनेछन् ।
शाखाले कोरोना महामारी नियन्त्रणमा बराहक्षेत्र नगरपालिकाले गरेका कार्यहरू, बराहाक्षेत्र नगरपालिकामा औद्योगिक ग्राम स्थापना, बराहाक्षेत्र नगरपालिकाले स्थापना गरेको प्राथमिक स्वास्थ्य चौकीको सुविधा, सूर्यकुण्ड होमस्टेको अवस्था, बराहाक्षेत्र नगरपालिकामा स्वास्थ्य विमा कार्यक्रमसहित विभिन्न १० शीर्षकमा प्रस्ताव दिन अनुरोध गरेको छ ।
इच्छुक पत्रकारले जेठ २७ गतेभित्र तोकिएअनुसारको ढाँचामा आफ्नो प्रस्ताव-पत्र, आफूले लेख्न चाहेको विषयसँग सम्बन्धित सन्दर्भ सामग्री, व्यक्तिगत विवरणसहित महासंघ सुनसरी शाखामा पठाउन आग्रह गरिएको छ ।
शाखाले सो विवरण [email protected] इमेल ठेगानामा पठाउन सक्ने उल्लेख गरेको छ ।
पत्रकार महासंघ सुनसरी शाखाको लेखनवृत्तिसम्बन्धी सूचना :
प्रकाशित मिति : २०७८ जेठ २४
नेपाल पत्रकार महासंघ सुनसरी शाखाले बराहा नगरपालिकासँगको सहकार्यमा लेखनवृत्ति परियोजना सञ्चालन गर्न लागेको हुनाले निम्न मापदण्ड अनुसार बराहा नगरपालिकालाई कार्यक्षेत्र बनाएर पत्रकारिता गर्ने इच्छुक पत्रकारलाई प्रस्ताव पेस गर्नुहुन सूचित गरिन्छ ।
प्रस्ताव पेस गर्ने विषयवस्तु :
१. कोरोना महामारी नियन्त्रणमा बराहक्षेत्र नगरपालिकाले गरेका कार्यहरु ।
२. बराहाक्षेत्र नगरपालिकामा औद्योगिक ग्राम स्थापना ।
३. बराहाक्षेत्र नगरपालिकाले स्थापन गरेको प्राथमिक स्वास्थ्य चौकीको सुविधा ।
४. सूर्यकुण्ड होमस्टेको अवस्था ।
५. बराहाक्षेत्र नगरपालिकामा स्वास्थ्य बिमा कार्यक्रम ।
६. भौतिक पूर्वाधारको बिकासमा बराहाक्षेत्र नगरपालिका ।
७. बराहाक्षेत्र नगरपालिकामा कृषिमा प्रगति ।
८. श्रीलंका टापुको अवस्था ।
९. बराहक्षेत्रमा धार्मिक पर्यटनको सम्भावना र चुनौती ।
१०. शिक्षा ।
इच्छुक पत्रकारले मिति २०७८ जेठ २७ गतेभित्र तोकिएअनुसारको ढाँचामा आफ्नो प्रस्ताव-पत्र, आफूले लेख्न चाहेको विषयसँग सम्बन्धित सन्दर्भ सामग्री, व्यक्तिगत विवरण (सिभी) सहित पत्रकार महासंघ सुनसरी शाखामा आइपुग्ने गरी वा ईमेल ठेगाना [email protected] मा उपलब्ध गराउनुहोला । फेलोसिपसम्बन्धी सम्पूर्ण निर्णय महासंघ शाखाले गर्नेछ ।






प्रतिक्रिया