अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बाँकेमा अस्पतालका शय्या हुन थाले खाली

बाँकेमा अस्पतालका शय्या हुन थाले खाली


बाँके- पछिल्लो समय नेपालगञ्जसहित जिल्लामा कोरानो सङ्क्रमितको सङ्ख्यामा कमी आएको छ । यससँगै अस्पतालमा बिरामीको चापमा कमी आउँदा शय्यासमेत खाली हुन थालेका छन् ।

भेरी अस्पताल र नेपालगञ्ज मेडिकल कलेजमा आइतबार सङ्क्रमितका लागि छुट्याइएका शय्यमध्ये दुवैका ६९, वेस्टर्न अस्पताल १४ र युनाइटेड अस्पतालका १२ शय्या खाली रहेको जनाइएको छ ।

कोरोना नियन्त्रण तथा रोकथामका लागि जिल्ला प्रशासन कार्यालयद्वारा निषेधाज्ञा जारी भएपछि सङ्क्रमितको सङ्ख्यामा कमी आएको हो ।