काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र नेकपा एमालेका नेता माधवकुमार नेपाल कांग्रेस सभापति देउवा निवास बुढानिलकण्ठमा पुग्नुभएको छ ।
बिहान एक्लै कुराकानी गर्नुभएका प्रचण्डले साँझ भने नेता नेपाललाई लिएर देउवा भेट्न बुढानिलकण्ठ जानुभएको हो ।
माधव र प्रचण्डबीच पनि बिहान छलफल भएको थियो । त्यसअघि प्रचण्डले देउवालाई पनि भेट्नुभएको थियो । तर, साँझ भने प्रचण्ड र नेपाल दुवै देउवा निवास पुग्नुभएको हो ।
देउवा प्रचण्ड र नेपालबीच प्रदेश सरकारहरूका विषयमा छलफल भएको बताइएको छ ।
प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले आइतबार राति एक अपिल जारी गरेर पार्टी एकताका लागि आव्हान गर्नुभएको थियो । उहाँले जेठ ३ को अवस्थामा फर्कन तयार रहेको पनि घोषणा गर्नुभएको थियो ।
प्रधानमन्त्रीले पार्टी एकताका लागि आह्वान गर्दा पनि नेता नेपालले भने प्रचण्ड र देउवासँगको भेटघाटलाई तीव्रता दिनुभएको छ ।







प्रतिक्रिया