विराटनगर- प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले राजनीतिमा सहमति र समझदारीको आधार खोज्नुपर्नेमा बताउनुभएको छ ।
प्रदेश–१ को प्रदेश सभा बैठकलाई सोमबार सम्बोधन गर्दै उहाँले एउटै ठाउँमा उभिएर राष्ट्रिय अभिभारा पूरा गर्ने अठोटका साथ सबै दल अगाडि बढ्नुपर्ने बताउनुभयो ।
मुख्यमन्त्री राईले देशको राजनीतिक असाध्यै संक्रमणको अवस्थामा रहेको बताउनुभयो । ‘हामी सोझा बाटोमा छैनौँ, असाध्यै बाँङ्गोटिङ्गो बाटोमा छौँ, आफ्नै कारणले चिप्लिने, र लड्ने अवस्थामा पुग्न सक्छौँ, यसबाट सबै जोगिनु पर्छ’, उहाँले भन्नुभयो ।
उहाँले संघीय व्यवस्था माथि नै विभिन्न कोणबाट प्रश्न उठेकाले यस विषयमा सबैलाई गम्भीर हुन आग्रह गर्नुभयो ।
मुख्यमन्त्री राईले विकास समृद्धि सबैको चाहना भएकोले त्यसैलाई आधार मानेर अगाडि बढ्न उहाँले सबैमा आग्रह गर्नुभयो ।
प्रदेश राजधानीको नामको विषयले यस पटकको प्रदेश सभा बैठकमा प्रवेश पाउने उहाँले बताउनुभयो ।







प्रतिक्रिया