अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संक्रमितभन्दा निको हुनेदर उच्च

संक्रमितभन्दा निको हुनेदर उच्च


काठमाडौं- कोरोना नियन्त्रण तथा रोकथामका लागि जारी निषेधाज्ञा तथा कोरोना परीक्षणको दायरा वृद्धिभएसँगै पछिल्लो दिन सङ्क्रमितभन्दा निको हुनेदर उच्च हुँदै गएको छ ।

पछिल्लो २४ घण्टामा चार हजार ४७२ मा सङ्क्रमण पुष्टि भएको छ भने ६ हजार ९५१ सङ्क्रमित निको भएका छन् ।

आज १७ हजार ९०७ मा कोरोना परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । देशभरका विभिन्न प्रयोगशालामा पीसीआर १२ हजार ००२ र एन्टिजेन ५ हजार ९०१ परीक्षण गरिएको थियो । सोही अवधिमा कोरोनाबाट ९२ जनाको मृत्यु भएको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्ले छ ।