अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

होम डेलिभरी गर्ने कम्पनीको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

होम डेलिभरी गर्ने कम्पनीको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश


काठमाडौं- सर्वोच्च अदालतले अनलाइन माध्ययमबाट खरिद गरिने खाद्यान लगायतका अत्यावश्यक सामग्रीको होम डेलिभरी गर्ने कम्पनीलाई सेवा दिनबाट नरोक्न अन्तरिम आदेश दिएको छ ।

निकेत अग्रवाललगायतले दिएको रिटमा सुनुवाइ गर्दै न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुडालको इजलासले सोमबार यस्तो आदेश दिएको हो ।

कोरोना महामारीको असर कम गर्न र जोगिन डिजिटलाइजेशनको माध्यम महत्वपूर्ण भएको भन्दै उक्त इजलासले अत्यावश्यक पहुँच पुर्‍याउनु पर्ने बताएको छ ।

आदेशमा भनिएको छ, ‘यस्तो असामान्य अवस्थामा जोखिमता रहेको व्यक्ति वा संक्रमित रहेको परिवारको अत्यावश्यक पहुँचको सुनिश्चितताको लागि राज्य र निजी क्षेत्र समेत क्रियाशील हुन आवश्यक छ ।’