अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीको निवृत्तिभरण बैंक खातामा

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीको निवृत्तिभरण बैंक खातामा


काठमाडौं- सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीको मासिक निवृत्तिभरण रकम सीधै आफ्नो बैंक खातामा आउने भएको छ ।

महालेखा नियन्त्रक कार्यालयले आइतबारदेखि विद्युतीय कोष हस्तान्तरणबाट सोझै सम्बन्धित व्यक्तिको खातामा जम्मा गर्ने प्रणाली सुरु गरेको हो ।

महालेखा नियन्त्रक मधुकुमार मरासिनीका अनुसार यसबाट निजामती, प्रहरी, जङ्गी र शिक्षकतर्फ गरी दुई लाख ७६ हजार सेवानिवृत्त कर्मचारी प्रत्यक्ष लाभान्वित हुनेछन् ।

उक्त प्रणालीले नेपाल सरकारको विद्युतीय नेपाल अवधारणा लागू गर्न ठूलो सहयोग पुग्नेछ । उहाँका अनुसार समयभित्र निवृत्तिभरण प्राप्त गर्ने व्यक्तिको खातामा नै सरकारी कोषबाट भुक्तानी हुने भएकाले सरकारको नगद प्रवाह व्यवस्थापनमा समेत प्रभावकारिता बढ्नेछ ।

निवृत्तिभरण पाउने व्यक्तिले अब छिटोछरितो र प्रभावकारी सेवा प्राप्त गर्नेछन् ।