अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माओवादीमा फर्किन्नँः टोपबहादुर

माओवादीमा फर्किन्नँः टोपबहादुर


काठमाडौं- पूर्वमन्त्री टोपबहादुर रायमाझीले आफू माओवादी केन्द्रमै फर्किन चाहेको भनी केही सञ्चार माध्यममा आएका समाचार प्रति गम्भीर ध्यानाकर्षण भएको बताउनुभएको छ । देशको विकास, समृद्धि र कम्युनिष्ट आन्दोलनको रक्षाका लागि आफू केपी ओलीकै साथमा रहेको उहाँले स्पष्ट पार्नुभयो ।

एमाले स्थायी समिति सदस्य रहेका नेता रायमाझीले सोमबार साँझ एक वक्तव्य जारी गरी ओलीको साथ नछाडेको घोषणा गर्नुभएको हो । ‘पछिल्लो समय केही सञ्चार माध्यमबाट मेरो नाम जोडेर नेकपा (माओवादी केन्द्र) मा फर्किन लागेको भनेर आएका आधारहीन, भ्रमपूर्ण एवं कपोकल्पित समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ’ रायमाझीले भन्नुभएको छ ।

रायमाझीले प्रचण्डमा कुर्सीमोह, अस्थिरता, परिवारवाद एवं भ्रष्ट आचरण रहेको आरोप लगाउनुभएको छ । प्रचण्डले राजनीतिक एवं वैचारिक रुपमा विचलित भई पार्टीलाई विघटनको दिशामा अगाडि बढाउदै कांग्रेस सभापतिको शरणमा पुगेको आरोप रायमाझीको छ । उहाँले आफू जोडेर गरिएको प्रचार माओवादी केन्द्रको आयु बढाउन गरिएका षड्यन्त्र मात्रै भएको दाबी गर्नुभएको छ ।