अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राजनीतिमा चरम अराजकताः मन्त्रीद्वारा एमाले प्रदेश सचिवमाथि आक्रमण

राजनीतिमा चरम अराजकताः मन्त्रीद्वारा एमाले प्रदेश सचिवमाथि आक्रमण


काठमाडौं– एमाले सुदूरपश्चिमका सचिव राजेन्द्र रावलमाथि सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री दीर्घ सोडारीले आक्रमण गर्नुभएको छ ।

पार्टी निर्देशनको पत्र बुझाउन जानुभएका रावलमाथि सोडारीले आक्रमण गर्दै पत्रसमेत च्यातिदिनुभएको छ । एमाले सचिव राजेन्द्र रावलले पनि सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री दीर्घ सोडारीले आनुमाथि हातपात गरेको आरोप लगाउनुभयो ।

पार्टी निर्देशनअनुसार सोमबार नेकपा एमालेका मन्त्रीसहित प्रदेश सभा सदस्यहरुलाई पत्र पुर्‍याउन जाँदा मन्त्री सोडारीले आफूमाथि हातपात गरेको आरोप रावलको छ ।

मंगलबार मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत लिनुपर्ने कार्यक्रम तय भएकाले नेकपा एमालेबाट मन्त्री भएका तथा प्रदेश सभा सदस्यहरुलाई पार्टीको निर्णयअनुसार मुख्यमन्त्रीको विपक्षमा मत जाहेर गर्न आशयको पत्र बुझाउन जानुभएको थियो ।