काठमाडौं– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आज संसदमा विश्वासको मत लिँदै हुनुहुन्छ ।
५२ सदस्य रहेको प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न २७ मत आवश्यक पर्छ । माओवादी केन्द्रको आफ्नै १३ मत र एमालेभित्र माधव नेपाल पक्षधरको कम्तीमा १५ मत गरी कुल २८ मत पाउने मुख्यमन्त्री भट्टको आकलन छ ।
एमालेले समर्थन नदिन निर्देशन गरिरहेको छ भने प्रदेश संसदीय दलले भट्टलाई समर्थन दिने निर्णय गरेको छ ।
प्रदेशसभामा सभामुखबाहेक एमालेका २४ जना सदस्य छन् । तीमध्ये अध्यक्ष ओली पक्षधर सांसदहरूले संसदीय दलको ह्विप उल्लंघन गरेको अवस्थामा पनि कम्तीमा १५ जना सदस्य आफ्नै पक्षमा रहने नेपाल पक्षको दाबी छ । त्यस अवस्थामा मुख्यमन्त्री भट्टले कम्तीमा २८ मत पाउने आकलन गरिएको सांसदहरुको भनाइ छ ।
प्रदेशसभामा कांग्रेसका १२ जना सदस्य छ । अन्य दुई जना जसपाका सांसद छन् ।







प्रतिक्रिया