अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दुई वर्ष पुरानो घटनासँग जोडियोः खेलकुद मन्त्री

दुई वर्ष पुरानो घटनासँग जोडियोः खेलकुद मन्त्री


काठमाडौं– युवा तथा खेलकुद मन्त्री एकबला मियाँले दुई वर्ष पुरानो घटनालाई जोडेर सञ्चारमाध्यममा समाचार प्रकाशित गरिएकोमा ध्यानाकर्षण भएको जनाउनुभएको छ ।

अज्ञानवश लातभियामा पुगेको विषयलाई लिएर मन्त्री भएपछि पुनः उठाएकोमा मियाँले असन्तुष्टि जनाउनुभएको छ । ‘स्वदेश फर्किएपछि मप्रति उठाएको विषयका बारेमा त्यही समय मा नै मैले संसदलाई आफूलाई झुक्याएर लगिएको र थाहा पाएपछि फर्किएको स्पष्ट पारेको थिएँ,’ विज्ञप्ती जारी गर्दै मियाँले भन्नुभयो, ‘त्यति खेरै स्पष्ट पारिएको यस विषयमा अहिले प्रश्न उठाउनु अनावश्यक हो भन्ने ठान्दछु ।’

मियाँले आफू एक चीन नीतिप्रति स्पष्ट रहेको उल्लेख गर्नुभएको छ ।

प्रतिनिधि सभा सदस्यद्वय मियाँ र प्रदीप यादवले अज्ञानतावस स्वतन्त्र तिब्बत को वकालत गर्ने अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन पुगेको स्पष्टीकरण दिनुभएको थियो । अज्ञानतावस २०७६ वैशाखमा लातभियाको राजधानी रिगामा भएको स्वतन्त्र तिब्बतको वकालत गर्ने तिब्बतबारे सातौँ विश्व संसदीय सम्मेलन मा भाग लिन पुगेको तर अर्कै कार्यक्रम थाहा पाएपछि सहभागी नभई फर्किएको उहाँहरुले बताउनुभएको थियो ।