अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुदूरपश्चिमका मुख्यमन्त्रीलाई विश्वासको मत, पक्षमा ३० र विपक्षमा ९ मत

सुदूरपश्चिमका मुख्यमन्त्रीलाई विश्वासको मत, पक्षमा ३० र विपक्षमा ९ मत


धनगढी– सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशसभामा विश्वासको मत पाउनुभएको छ ।

एमाले स्थायी कमिटी बैठकले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्रीले विश्वासको मत लिनुभएको थियो । ५१ सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री भट्टलाई ३० सांसदले विश्वासको मत दिएका छन् । बहुमतका लागि २७ मत आवश्यक थियो । एमालेको खनाल-नेपाल समूहले मत दिएपछि मुख्यमन्त्री भट्टले विश्वासको मत पाउनुभएको हो ।

मुख्यमन्त्रीको विपक्षमा ९ मत खसेको थियो । कांग्रेसका १२ जना सांसद भने मतदानमा सहभागी भएनन् ।

माओवादी केन्द्रका १३ सांसद रहेकामा एमाले संसदीय दलले समेत समर्थन गर्ने निर्णय गरेपछि भट्टको मुख्यमन्त्री पद जोगिएको हो । प्रदेशसभामा सभामुखबाहेक एमालेका २४ जना सदस्य छन् ।