काठमाडौं– कुनै राजनीतिक चमकत्कार भएन भने नेकपा एमाले भित्रको विवादले अब विभाजनको आकार लिंदै गरेको स्पष्ट भएको छ । गतवर्षको वैशाखदेखि नै तत्कालिन नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डसँग निकट रहेका माधव नेपाल र सो समूह एमालेको पुनस्थापनापछि पनि उस्तै रुपमा रहे । पटक पटकका विवाद र छलफलपछि दुई दिन अघि प्रधानमन्त्री केपी शर्मा ओलीले एकताको आह्वान गर्नुभएको थियो ।
तर नेपाल समुहले हिजो विज्ञप्ती निकालेर प्रधानमन्त्रीले गरेको एकताको आह्वानको प्रतिवाद गरेकोले अब उनीहरुसँगको सहकार्य तत्कालका लागि टरेको संस्थापन पक्षको ठहर छ । ‘हिजोसम्म उहाँहरुको प्रतिक्रिया हेरौं भन्ने थियो । उहाँहरुको प्रतिक्रिया हेर्दा अब पर्खिरहनु पर्ने देखिएन,’ एमाले संस्थापन पक्षका एक स्थायी कमिटी सदस्यले नेपाली बहस डट कमसँग भन्नुभयो ‘अब प्रधानमन्त्रीले आफ्नो स्टेप लिनुहुन्छ ।’
प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले पनि अब माधव नेपालसँग एकता गर्न भन्दा कांग्रेससँग एकता गर्न सहज हुने प्रतिक्रिया दिनुभएको छ । थापाको यो अभिव्यक्तिले पनि अब एमाले विवादको निरुपण भन्दा पनि पार्टी नै अलग अलग हुने दिशामा गएको संकेत गरेको छ ।
‘हिजोसम्म उहाँहरुको प्रतिक्रिया हेरौं भन्ने थियो । उहाँहरुको प्रतिक्रिया हेर्दा अब पर्खिरहनु पर्ने देखिएन,’ एमाले संस्थापन पक्षका एक स्थायी कमिटी सदस्यले नेपाली बहस डट कमसँग भन्नुभयो ‘अब प्रधानमन्त्रीले आफ्नो स्टेप लिनुहुन्छ ।’
एमाले संस्थापनको अपेक्षा पनि माधव पक्षका सबै नेतासँग सहमति हुन्छ भन्ने थिएन । माधव नेपाल, झलनाथ खनाल, भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली बाहेकका नेतालाई सहमतिमा ल्याएर जिम्मेवारी दिने सोचमा संस्थापन थियो । यसै अनुरुप संस्थापन पक्षले माधव पक्षका दोस्रो तहका नेताहरुसँग वार्ता अघि बढाएको थियो । सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, योगेश भट्टराई, घनश्याम भूसाल लगायतका नेताहरुसँग संवादमा रहने तर नेपाल र रावलसँग दुरीमा बस्ने संस्थापनको यसै अन्तर्गतको रणनीति थियो ।
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको एकता आह्वान सम्भवतः माधव पक्षका दोस्रो तहका नेतासँग सहमतिमै आएको थियो । र, जेठ २ मा पार्टीलाई फर्काउने प्रधानमन्त्रीको उद्घोषमा केही असहमति राखे पनि यति चर्को रुपमा माधव पक्षको प्रतिक्रिया आउला भन्ने संस्थापनले कल्पना गरेको थिएन । त्यसमा पनि निरन्तर संवादमा रहेका दोस्रो तहका नेता पनि सहभागी भएको स्थायी कमिटी बैठकले नै आक्रोसपूर्ण अभिव्यक्ति सहितको प्रतिक्रिया दिएपछि सहमति अब टाढिएको देखिन्छ । ‘हाम्रो अपेक्षा र चाहना पनि उहाँहरु सबै फर्कनुहुन्छ भन्ने थिएन,’ एक स्थायी कमिटी सदस्यले नेपाली बहस डट कमसँग भन्नुभयो, ‘तर जनाधार भएका नेताहरुलाई फर्काउने हाम्रो प्रयास थियो । त्यो पनि सम्भव हुने देखिएन ।’

माधव पक्षका नेताहरु लचिलो भएर आएको अवस्थामा उहाँहरुलाई महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी दिएर मन्त्री बनाउने तयारीमा प्रधानमन्त्री हुनुहुन्थ्यो । त्यसै अनुरुप हिजो मन्त्रिपरिषद विस्तार रोकिएको बुझाइ धेरैको छ । ‘मन्त्रिपरिषद् विस्तारमा आज उप्रान्त भएको ढिलाइलाई माधव पक्षका साथीहरुलाई पर्खेर भनेर बुझ्नु हुँदैन,’ ती स्थायी कमिटी सदस्यको भनाइ छ ‘अबको पर्खाइका अरु नै कारण हुन्छन् ।’
सम्भवतः अब बस्ने स्थायी कमिटीको बैठकले अस्ती १० गते स्पष्टीकरण सोधिएका सबै १२ जना नेतालाई साधारण सदस्य समेत नरहने गरी कारबाही गर्नेछ । एमाले विभाजनको अन्तिम विन्दु यही बैठक हुनेछ । तर, सर्वोच्च अदालतमा सुनुवाइका क्रममा रहेको प्रतिनिधि सभा विघटनसम्बन्धि मुद्दाको टुंगो नलागेसम्म नेपाल समूह एमाले परित्याग नगर्ने रणनीतिमा छन् ।
विभाजनको निर्णय नहुनुमा माधव नेपालको निर्णय गर्न नसक्ने क्षमतालाई कारक मान्नेहरु उहाँकै समुहमा छन् । उहाँ पक्षीय नेताहरुको भनाइ छ, ‘माधव नेपालको निर्णय क्षमता थियो भने विश्वासको मत दिने दिन अर्थात वैशाख २७ गते नै सामूहिक राजीनामा आउँथ्यो तर उहाँ कहिले के भनेर पछि सर्ने, कहिले के भनेर पछि सर्ने । यसले उहाँको पछि लागेको नेताहरुमा पनि अन्यौलता सृजना गरेको छ ।’
सम्भवतः अब बस्ने स्थायी कमिटीको बैठकले अस्ती १० गते स्पष्टीकरण सोधिएका सबै १२ जना नेतालाई साधारण सदस्य समेत नरहने गरी कारबाही गर्नेछ । एमाले विभाजनको अन्तिम विन्दु यही बैठक हुनेछ । तर, सर्वोच्च अदालतमा सुनुवाइका क्रममा रहेको प्रतिनिधि सभा विघटनसम्बन्धि मुद्दाको टुंगो नलागेसम्म नेपाल समूह एमाले परित्याग नगर्ने रणनीतिमा छन् ।
नेपाल समुहले नयाँ पार्टी बनाउने उद्घोष पटक पटक गरे पनि त्यसको निर्णय अझैसम्म गर्न सकेको छैन । माधव नेपाल लगायतका नेताहरुलाई एमालेले साधारण सदस्य समेत नरहने गरी पार्टीले कारबाही गरेपनि एमालेको लेटर प्याड, झण्डा प्रयोग गरिरहेका छन् । पार्टीले कारबाही गरिसकेका व्यक्तिहरुले पटक पटक लेटर प्याड, पार्टीको नाम र झण्डा प्रयोग गर्नु गैरकानुनी ठहर गर्दै कानुनी कारबाही गर्ने चेतावनी संस्थापन पक्षले दिएको छ ।

प्रतिक्रिया