अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जर्मनीले पठाएको स्वास्थ्य सामग्री काठमाडौं आइपुग्यो

जर्मनीले पठाएको स्वास्थ्य सामग्री काठमाडौं आइपुग्यो


काठमाडौं- जर्मनीले नेपाल सरकारलाई कोभिड-१९ विरुद्ध आवश्यक पर्ने स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

आज नेपालका लागि जर्मनीका राजदूत रोल्यान्ड सेफरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङलाई हस्तान्तरण गर्नुभएको हो ।

जर्मनीले प्रदान गरेको स्वास्थ्य सामग्रीमा ११२ थान भेन्टीलेटर, २० लाख ६८ हजार ५०० थान के ९५ मास्क, २९ हजार थान पल्स अक्सिमिटर, ३ करोड ४० लाख ३० हजार थान सर्जिकल मास्क, ५ आइसोलेसन सेन्टर टेन्ट, ४०० गमबुट र २५ हजार लिटर हातमा प्रयोग हुने किटनाशक औषधि रहेको नेपालका लागि जर्मनी राजदुतावासले जनाएको छ ।

जर्मनी सहयोग लिँदै स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङले जर्मन सरकार नेपालको लामो समयदेखिको विकास साझेदार र असल छिमेकी रहेको उल्लेख गर्दै ठुलो परिणाममा स्वास्थ्य सामग्री हस्तान्तरण गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो ।

सहयोग हस्तान्तरण गर्दै नेपालका लागि जर्मनीका राजदूत रोल्यान्ड सेफरले जर्मनीले प्रदान गरेको सहयोग युरोपेली प्रयासको एक हिस्सा भएको बताउनुभयो । उहाँले वास्तविक रुपमा आवश्यक परेको ठाउँमा उक्त स्वास्थ्य सामग्री पुग्नेमा विश्वास पनि व्यक्त गर्नुभयो ।