जाजरकोट- भेरी नदीमा डुबेर पश्चिम रुकुमकी एक बालिकाको मृत्यु भएको छ । त्यतै, ती बालिकाकी दिदी नदीमा बेपत्ता हुनु भएको छ ।
पश्चिम रुकुमको चौरजहारी नगरपालिका १२ दुरनेटाका अम्मर डाँगीकी ११ वर्षीय छोरी गीताको नदीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
जाजरकोट प्रहरीका अनुसार उहाँकी दिदी दीपा नदीमा बेपत्ता हुनु भएको छ । सँगै गएका सोही ठाँउका १७ वर्षीय रामबहादुर डाँगी घाइते भएका हुनु भएको छ । उहाँलाई नदीमा बग्दा बग्दै उद्धार गरिएको हो ।
जाजरकोट भेरी नगरपालिका-१ रावतगाँउमा रहेका आफन्त भेट्न आएका उनीहरू गर्मी छल्न भन्दै नदीमा पौडी खेल्न थालेको र पौडी खेल्ने क्रममा रामबहादुरलाई नदीले बगाउन थालेपछि उद्धारका लागि गएका दिदी बहिनीसमेत बगेका थिए ।
गिता र रामबहादुरलाई तत्काल स्थानियले उद्धार गरे पनि उपचारको क्रममा गिताको जाजरकोट अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
रामबहादुरको अवस्था भने सामान्य छ । बेपत्ता दीपाको खोजी भइरहेको भेरी नगरपालिका १ कालेगाँउका सहदेव बस्नेतले जानकारी दिनुभयो ।







प्रतिक्रिया