काठमाडौं- चिनियाँ कम्युनिष्ट पार्टीले सदभाव स्वरूप पठाएको स्वास्थ्य सामाग्री आज नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ ।
नेकपा एमाले स्वास्थ्य विभागले पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको कार्यक्रममा नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले स्वास्थ्य मन्त्री शेरबहादुर तामाङलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नुभयो ।

कार्यकर्तालाई मात्र नभई सम्पूर्ण जनता समक्ष पुगोस् भन्ने उद्देश्यले पार्टीलाई प्राप्त स्वास्थ्य सामाग्री नेपाल सरकारलाई हस्तान्तरण गरिएको महासचिव पोखरेलले बताउनुभयो ।
चिनियाँ कम्युनिष्ट पार्टीले हाइड्रोजन अक्सिजन विथ नेबुलाइजर ३० थान र एन ९५ मास्क १ लाख थान रहेको पोखरेलले जानकारी दिनुभयो ।







प्रतिक्रिया