अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

महोत्तरीमा दाजुभाई मृत फेला

महोत्तरीमा दाजुभाई मृत फेला


महोत्तरी- जिल्लाको बर्दिबास नगरपालिका-३ गौरीडाँडाका दुई दाजुभाइ एक दिनको फरकमा मृत फेला परेका छन् ।

सो बस्तीका करिब ४० वर्षीय बौवा परियार सोमबार एउटा रुखमा पासो लागेर मृत भेटिएका थिए भने उनकै सहोदर भाइ ३४ वर्षीय टुपे भनिने रमेश परियार मङ्गलबार पूर्वपश्चिम राजमार्गबाट दक्षिणपट्टी बर्दिबास-१ मा मृत भेटिएका हुन् ।

दुबै घटनाको इलाका प्रहरी कार्यालय बर्दिबासले पुष्टि गरेको छ । रमेशको हातमा सामान्य चोट र नाकबाट रगत बगी रहेको पाइएको प्रहरीले जनाएको छ ।

घटनाबारे अनुसन्धान थालिएको र शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो ।