अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गोकर्ण विष्टले भनेका माधव पक्षका अतिवादीहरू को-को हुन् ?

गोकर्ण विष्टले भनेका माधव पक्षका अतिवादीहरू को-को हुन् ?


काठमाडौं– ‘पार्टीभित्र केही अतिवादीहरु छन्, कमरेड केपी ओलीतर्फ पनि केही अतिवादीहरु छन्, जसले पार्टीलाई मिल्न नदिन प्रयत्न गरिरहेका छन्,’ एमाले युवा नेता गोकर्ण विष्ट एक अन्तर्वार्तामा भन्नुहुन्छ, ‘कमरेड झलनाथ खनाल र माधव नेपाल समूहसँग पनि केही अतिवादी छन्, जसले पार्टीलाई कुनै पनि मूल्यमा विभाजित गर्न चाहन्छन् मिल्न नदिन चाहन्छन् ।’

खनाल–नेपाल समूहका नेता गोकर्ण विष्टको भनाइमा मिल्न नदिनेहरुको समूह दुवैतिर उत्तिकै सक्रिय छ । पार्टी संस्थापनसँग औपचारिक वार्ताबाहेकमा नदेखिएकाले ओलीतर्फका अतिवादीहरुको चर्चा नगरौं, तर उहाँ आफैं प्रत्यक्ष सहभागी रहनुभएको माधव नेपालतर्फका अतिवादीहरु चाहिँ को–को छन् भनेर हामीले बुझ्ने प्रयत्न गरेका छौं ।

माधव नेपाल समूहका एक स्थायी कमिटी सदस्यको सूचनाका आधारमा हामीले मिल्न नदिने नेताहरुको पहिचान गरेका छौं । उहाँका अनुसार नेता नेपाल नै पार्टी एकताको पक्षमा हुनुहुन्न । ‘गोकर्ण कमरेडले भनेकै शब्द प्रयोग गर्ने हो भने नेपाल समूहको पहिलो अतिवादी व्यक्ति माधव नेपाल नै हो,’ ती स्थायी कमिटी सदस्यको भनाइ छ ।

नेपाल जुनसुकै हालतमा एमालेलाई टुक्र्याएर नयाँ पार्टी बनाउने यत्नमा हुनुहन्छ । ‘यतिसम्म कि केपी ओलीले अध्यक्ष छाड्छु, तपाईं चलाउनुस् भन्दा पनि केपीसँग सहकार्य गर्ने अवस्थामा हुनुहुन्न,’ उहाँको भनाइ छ । ओलीसँग मन टुक्रिएको, मुटु दुखेको, चित्त दुखेको, आत्मग्लानी भएको, आत्मसम्मानमा चोट पुगेको मात्रै होइन, केपी ओलीले आफूविरुद्ध षड्यन्त्र गरेर जेलसम्म हाल्न सक्छन् भन्ने त्रास र आशंका नेपालसँग छ । उहाँले केन्द्रीय सदस्यहरुसँग बिरक्तिपूर्ण आवाजमा भन्नुभएको छ, ‘पार्टी जतिसुकै ठूलो भए पनि गलत बाटोमा गएपछि त्यसले कुनै उपलब्धी आर्जन गर्न सक्दैन ।’ अर्थात् एमालेको वृहत् रुपमा उहाँले उत्ति मजा छैन ।

विष्टका भनाइमा ९९ प्रतिशत एमालेका कार्यकर्ताहरु पार्टी एक भएको देख्न चाहन्छन् । तर, स्थायी कमिटी र केन्द्रीय कमिटीमा भएका दुवै पक्षका केही अतिवादीहरु एकता तोड्न चाहन्छन् । स्थायी कमिटीमा रहेका खनाल, नेपाल, रावलसहित अष्टलक्ष्मी शाक्य पनि पार्टी विभाजनको पक्षमा हुनुहुन्छ । युवराज ज्ञवाली, रघुजी पन्त, मुकुन्द न्यौपाने र बेदुराम भूसाल पनि नेपाल समूहको हार्डलाइनर नै रहेको ती स्थायी समिति सदस्यको भनाइ छ ।

नेपालकै तहमा नभए पनि झलनाथ खनाल पनि एमालेबाट अलग रहन चाहनुहुन्छ । खनालले कम्युनिष्ट आन्दोलन बचाउन नयाँ पुस्ता अगाडि सर्नुपर्ने बताउँदै ७० वर्ष पुगेको पुस्तालाई बिदा गर्न आग्रह गर्नुभएको थियो । ‘हामी ७० वर्ष हाराहारी पुग्यौं । अब हामीलाई छोडेर भएपनि युवाहरु अगाडि बढ्नुपर्छ । केही काम दिनुहुन्छ भने तयार छौं । तर कम्युनिष्ट आन्दोलन बचाउन युवाहरु बढ्नुपर्छ,’ उहाँले आफ्नो समूहको केन्द्रीय कमिटी बैठकमा नै भन्नुभएको थियो ।

नेपाल समूहमा पार्टी फुटाएरै जानुपर्छ भन्ने अर्का नेता भीम रावल भएको ती स्थायी कमिटी सदस्यको भनाइ छ । पटक पटक मन्त्री हुने आकांक्षामा ओली बाधक भएपछि दुई वर्षदेखि रावल असन्तुष्ट हुनुहुन्थ्यो । गएको मंसिरपछि तत्कालिन नेकपा अध्यक्ष पुष्पकमल दाहाल, नेता नेपाल, खनाललाई बल गरेरै यहाँसम्म ल्याउन रावलको योगदान छ ।

नेपालसँगै एमालेबाट पहिलो चरणमै कारबाहीमा पर्ने अर्का नेता रावल हुनुहुन्थ्यो । उहाँहरुलाई पार्टीबाट ६ महिनाका लागि निलम्बन गरिएको थियो । आफ्नो जिम्मेवारी माओवादी केन्द्रबाट आउनुभएका नेता लेखराज भट्टलाई दिएर बोर्ड हटाएकोमा रावल तीब्र असन्तुष्ट हुनुहुन्छ ।

विष्टका भनाइमा ९९ प्रतिशत एमालेका कार्यकर्ताहरु पार्टी एक भएको देख्न चाहन्छन् । तर, स्थायी कमिटी र केन्द्रीय कमिटीमा भएका दुवै पक्षका केही अतिवादीहरु एकता तोड्न चाहन्छन् । स्थायी कमिटीमा रहेका खनाल, नेपाल, रावलसहित अष्टलक्ष्मी शाक्य पनि पार्टी विभाजनको पक्षमा हुनुहुन्छ । युवराज ज्ञवाली, रघुजी पन्त, मुकुन्द न्यौपाने र बेदुराम भूसाल पनि नेपाल समूहको हार्डलाइनर नै रहेको ती स्थायी समिति सदस्यको भनाइ छ ।

नेपाल समूहको स्थायी कमिटीमा रहेको दोस्रो पुस्ता एकताको पक्षमा छ । जस्तैः घनश्याम भूसाल, भीम आचार्य, गोकर्ण विष्ट, योगेश भट्टराई, सुरेन्द्र पाण्डे । पहिलो पुस्ताका अमृतकुमार बोहरा पनि पार्टी विभाजनको पक्षमा हुनुहुन्न । दोस्रो पुस्ताकै रामकुमारी झाँक्री, राजेन्द्र राई, विजय पौडेल, जगन्नाथ खतिवडा, प्रकाश ज्वाला पनि अतिवादीको सूचीमा रहेको नेपाल समूहका ती स्थायी समिति सदस्य बताउनुहुन्छ ।