अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चितवनमा मोटरसाइकल दुर्घटना : आमाको मृत्यु, छोरा घाइते

चितवनमा मोटरसाइकल दुर्घटना : आमाको मृत्यु, छोरा घाइते


चितवन- पूर्वी चितवनको कालिका नगरपालिकामा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार उपरदाङ्गगढीबाट शक्तिखोरतर्फ आउँदै गरेको ना ३६ प २१९९ नम्बरको मोटरसाइकल कालिका-९ सुनखानीमा आफैँ अनियन्त्रित भई दुर्घटना भएको थियो । मोटरसाइकल मङ्गलबार राति १०ः१० बजे सडकबाट ५० मिटर तल खसेको कार्यालयले जनाएको छ ।

दुर्घटनामा परी मृत्यु हुनेमा इच्छाकामना गाउँपालिका-२ बस्ने ६० वर्षीया हस्तमाया मगर रहेको कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिनुभयो ।

मगरको घटनास्थलमै मृत्यु भएको हो । मोटरसाइकल चालक रत्ननगर नगरपालिका-११ बस्ने ३५ वर्षीय फत्तेबहादुर मगर घाइते भएका छन् ।

घाइते मगरको दुवै खुट्टा, हात र ढाडमा चोट लागेको छ र चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । मृतक र घाइते आमा छोरा रहेको थापाले जानकारी दिनुभयो ।