अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बर्खामा राजमार्ग अवरुद्ध हुन नदिनका लागि पूर्वतयारी थाल्न मन्त्री नेम्वाङको निर्देशन

बर्खामा राजमार्ग अवरुद्ध हुन नदिनका लागि पूर्वतयारी थाल्न मन्त्री नेम्वाङको निर्देशन


काठमाडौं- भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले राजमार्गमा आउन सक्ने अवरोध व्यवस्थापनका लागि पूर्वतयारी गर्न निर्देशन दिनुभएको छ ।

उहाँले यो वर्ष मनसुन चाँडो हुने भएकाले राजमार्गमा आउन सक्ने अवरोध व्यवस्थापनका लागि पूर्वतयारी थाल्न निर्देशन दिनुभएको हो ।

र्यान्वयनका बारेमा योजना सुनाउँदै नेम्वाङले राजमार्ग अवरुद्ध हुन नदिने र खाल्डाखुल्डीरहित बनाउने कार्यमा पूर्व तयारीका साथ रहन निर्देशन दिनुभयो ।

‘यस पटक मनसुन चाडो हुने पूर्वानुमान छ । मनसुनका कारण राजमार्गहरू अवरुद्ध हुदाँ समयमै व्यवस्थापन गर्न सकेनौं भने जनजीवन प्रभावित हुन्छ । नागरिकले कष्ट पाउँछन्,’ मन्त्री नेम्वाङले भन्नुभयो, ‘अवरोध हुन सक्ने देशैभरका सम्भावित स्थानहरूमा इक्विपमेण्टहरू तैनाथ गर्नुहोला । हामीसँग उपलब्ध इक्विपमेण्ट अपुग भए भाडामा लिएर भएपनि व्यवस्थापन गर्नुपर्छ ।’

उहाँले मातहत कर्मचारीलाई एक दिन पनि कार्यक्षेत्र नछाड्न निर्देशन दिँदै पूर्वाधार विकासमा देखिने खालको कार्य प्रगति हुनुपर्नेमा जोड दिनुभयो ।