काठमाडौं- गत २४ घण्टामा देशभर ४ हजार ३४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या ५ लाख ९९ हजार ७०८ पुगेको छ ।
त्यस्तै, आज ५ हजार ७६८ जना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोनामुक्त हुनेको संख्या ५ लाख १० हजार २९८ पुगेको छ ।
गत २४ घण्टामा ८१ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार १७९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।







प्रतिक्रिया