जनकपुरधाम- नेपाली कांग्रेस र माओवादी केन्द्र प्रदेश २ सरकारमा सहभागी हुने भएका छन् । कांग्रेसलाई तीन र माओवादी केन्द्रले दुई मन्त्रालय दिने सहमति भएको छ ।
आज साँझ साढे ७ बजे कांग्रेसका मन्त्रीको शपथ ग्रहण कार्यक्रम राखिएको छ । कांग्रेस र माओवादीलाई दिइने मन्त्रालय टुंगो लागेको र केहीबेरमा सहभागी हुने मन्त्रीहरूको शपथ कार्यक्रम राखिएको मुख्यमन्त्री लालबाबु राउतका प्रमुख स्वकीय सचिव जितेन्द्र यादवले जानकारी दिनुभयो ।
कांग्रेसको तर्फबाट रामसरोज यादवलाई भौतिक मन्त्रालय, ओमप्रकाश शर्मालाई खानेपानी तथा सिँचाई र वीरेन्द्र सिंहलाई सञ्चार मन्त्रालय दिने सहमति भएको छ ।
त्यस्तै, माओवादी केन्द्रलाई दुई वटा मन्त्रालय दिने सहमति भएको छ । माओवादी केन्द्रबाट भरतप्रसाद साह र जगत यादव सरकारमा सहभागी हुने मुख्यमन्त्री कार्यालय स्रोतले जनाएको छ ।







प्रतिक्रिया