अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

परराष्ट्रमन्त्री महासेठ र भारतीय राजदूतबीच भेट, कोरोना खोप आपूर्तिबारे छलफल

परराष्ट्रमन्त्री महासेठ र भारतीय राजदूतबीच भेट, कोरोना खोप आपूर्तिबारे छलफल


काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री रघुवीर महासेठ र भारतीय राजदूत विनयमोहन क्वात्राबीच भेटवार्ता भएको छ ।

उहाँहरूबीच आज दिउँसो परराष्ट्र मन्त्रालय सिंहदरबारमा भेटवार्ता भएको हो । भेटमा राजदूत क्वात्राले परराष्ट्रमन्त्री महासेठलाई भारतीय विदेशमन्त्री एस जयशंकरले पठाएको बधाई सन्देश पनि सुनाउनुभएको थियो ।

परराष्ट्र मन्त्रालयका अनुसार भेटवार्तामा खोप आयात र कोभिड–१९ महामारीविरुद्ध मिलेर लड्ने विषयमा छलफल भएको छ ।