अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुदूरपश्चिमका मन्त्री सोडारीविरुद्ध प्रहरीमा जाहेरी दर्ता

सुदूरपश्चिमका मन्त्री सोडारीविरुद्ध प्रहरीमा जाहेरी दर्ता


कैलाली- सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री दीर्घबहादुर सोडारीविरुद्ध प्रहरीमा जाहेरी दर्ता गरिएको छ ।

नेकपा एमाले सुदूरपश्चिमका सचिव राजेन्द्र रावलले सोडारीविरुद्ध जिल्ला प्रहरी कार्यालयमा आज सार्वजनिक हित सुरक्षा, सुविधा हक तथा अभद्र व्यवहार कसुर शीर्षकमा मुद्दा दर्ता गर्नु भएको हो ।

मन्त्री सोडारीविरुद्ध जाहेरी दर्ता भएसँगै अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिनुभयो ।

प्रदेश सचिव रावलले पार्टी सचिवको हैसियतमा मुख्यमन्त्री विरुद्धको अविश्वासको प्रस्तावको विपक्षमा मतदान गर्न निर्देशनात्मक पत्र बुझाउने बेला मन्त्री सोडारीले आफूमाथि हातपात गरेको आरोप लगाउनुभएको छ ।

मन्त्रीको सचिवालयले भने रावलले नै मन्त्रीमाथि दुर्व्यवहार गरेको बताइको छ । मन्त्री सोडारी नेकपा एमालेको माधव पक्षनिकटका नेता हुनुहुन्छ ।