अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पूर्वमहालेखा परीक्षक अधिकारीको १०१ मा निधन

पूर्वमहालेखा परीक्षक अधिकारीको १०१ मा निधन


काठमाडौं- पूर्वमहालेखा परीक्षक नरकान्त अधिकारीको १०१ वर्षका उमेरमा आज बिहान आफ्नै निवास लैनचौरमा निधन भएको छ ।

निजामती सेवामा लामो अनुभव हासिल गर्नुभएका अधिकारी नेपाल सरकारका अर्थ, रक्षा र कृषि सचिव पनि हुनुभएको थियो । उहाँले नेपालको निजामती प्रशासन र धार्मिक विषयमा पुस्तकहरू पनि लेख्नुभएको छ । उहाँका दुई छोरा र एक छोरी हुनुहुन्छ ।