अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री मन्त्रिपरिषद् विस्तार गर्दै, गृहमा खगराज अधिकारीसहित ८ मन्त्री थपिँदै

प्रधानमन्त्री मन्त्रिपरिषद् विस्तार गर्दै, गृहमा खगराज अधिकारीसहित ८ मन्त्री थपिँदै


काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आज ८ जना थपेर मन्त्रिपरिषद् विस्तार गर्दै हुनुहुन्छ ।

१७ सदस्यीय मन्त्रिपरिषदमा ७ मन्त्री थपेर सरकारलाई पूर्णता दिन लागिएको हो । मन्त्रीहरुको आजै सपथग्रहण हुने बताइएको छ ।

प्रधानमन्त्रीले गृहमन्त्रीमा खगराज अधिकारीलाई ल्याउनु हुने भएको छ ।

नारदमुनी राना वनमन्त्री, मोहन बानियाँ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, नैनकला थापा सञ्चारमन्त्री, ज्वालाकुमारी साह कृषिमन्त्री, राजकिशोर यादव उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री, गणेश पहाडी सामान्य प्रशासन मन्त्री र आशा बिकलाई वन राज्यमन्त्री बनाउने तयारी छ ।

वन मन्त्री रानाले आफूलाई बालुवाटारबाट खबर भइसकेको जानकारी दिनुभयो ।

मन्त्रिपरिषदमा सुदूरपश्चिम,कर्णाली र गण्डकीको प्रतिनिधित्व नभएकाले प्रदेशको समेत समावेशीता मिलाएर सूची तयार गरिएको हो ।