काठमाडौं- राष्ट्रिय युवा संघ नेपालको टोली संघका पूर्वअध्यक्ष महेश बस्नेतलाई मन्त्री बनाउन माग गर्दै बालुवाटार गएको छ ।
संघका अध्यक्ष किरण पौडेल नेतृत्वको टोली मन्त्रिपरिषद् पुनर्गठनमा बस्नेतलाई समावेश गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराउन गएको हो । ‘एमालेबाट युवाहरुको प्रतिनिधित्व भएन,’ पौडेलले नेपाली बहस डट कमसँग भन्नुभयो, ‘हामी प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउन आएका छौं । आशा छ युवाहरुको आवाजलाई सम्बोधन गर्नुहुनेछ ।’
युवा संघका करिव एक दर्जन नेताहरु बालुवाटार पुग्नुभएको छ ।
जनता समाजवादी पार्टीलाई गठबन्धनमा ल्याउन भूमिका खेल्नुभएका बस्नेत गृहमन्त्री हुने आशयका समाचार प्रकाशन हुँदै आएका थिए ।







प्रतिक्रिया