अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गण्डकी प्रदेशसभाको बैठक ३० मिनेटका लागि स्थगित

गण्डकी प्रदेशसभाको बैठक ३० मिनेटका लागि स्थगित


पोखरा- गण्डकी प्रदेशसभाको बैठक ३० मिनेटका लागि स्थगित गरिएको छ । सत्तारुढ र प्रतिपक्षका सांसदहरूले बोलिसकेपछि सभामुख नेत्रनाथ अधिकारीले ३० मिनेटका लागि बैठक स्थगित गर्नु भएको हो ।

आज मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रदेशसभामा विश्वासको मत माग्दै हुनुहुन्छ । उहाँले आफ्नो सम्बोधनमा आफूलाई विश्वासको मत दिन आग्रह गर्नुभएको छ ।

प्रदेशको समग्र विकास र समृद्धिको यात्रामा सहकार्य गर्न मुख्यमन्त्री गुरुङले पुनः सम्पूर्ण सांसदसँग मत माग्नुभएको हो ।