अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सात मन्त्री र एक राज्यमन्त्रीद्वारा शपथग्रहण

सात मन्त्री र एक राज्यमन्त्रीद्वारा शपथग्रहण


काठमाडौं- नवनियुक्त सात मन्त्री र एक राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथग्रहण गर्नु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा नवनियुक्त मन्त्रीहरूलाई सपथग्रहण गराउनुभएको हो ।

गृहमन्त्री खगराज अधिकारी, सञ्चार तथा सूचना प्रविधिमन्त्री नैनकला थापा, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री राजकिशोर यादव, वन तथा वातावरणमन्त्री नारदमुनि राना, सामान्य प्रशासनमन्त्री गणेशकुमार पहाडी, कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वाला शाह, विनाविभागीयमन्त्री मोहन बाँनिया र वन राज्यमन्त्री आशाकुमारी विकले शपथग्रहण गर्नु भएको हो ।

योसँगै प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । संविधानले बढीमा २५ सदस्यीय संघीय सरकार गठन गर्नसक्ने व्यवस्था गरेको छ ।